[](https://github.com/ellerbrock/open-source-badges/)
[
](https://join.slack.com/t/firstcontributors/shared_invite/zt-1hg51qkgm-Xc7HxhsiPYNN3ofX2_I8FA)
[](https://opensource.org/licenses/MIT)
[](https://www.codetriage.com/roshanjossey/first-contributions)
# पहिलो योगदान
यस प्रोजेक्टले शुरुवातकर्ताहरूले आफ्नो पहिलो योगदान गर्ने तरिकालाई सरल बनाउने र मार्गदर्शन गर्ने लक्ष्य राखेको छ। यदि तपाईं आफ्नो पहिलो योगदान गर्न खोज्दै हुनुहुन्छ भने, तलका चरणहरू पालना गर्नुहोस्।
यदि तपाईं कमाण्ड कमांड लाइन (command line) सँग सहज हुनुहुन्न भने, [यहाँ GUI तूल्सहरू प्रयोग गरेर सेकैएको ट्यूटोरियलहरू छन्।](#ट्यूटोरियलहरू-अन्य-उपकरणहरू-प्रयोग-गर्दै)
यो अन्य [भाषाहरूमा](Translations.md) पढ्नुहोस्।
यदि तपाईंसँग तपाइँको कम्प्यूटरमा Git छैन, [यसलाई इन्स्टल गर्नुहोस्।]( https://help.github.com/articles/set-up-git/)
## यो रिपो फोर्क गर्नुहोस
यस पृष्ठको शीर्षमा फोर्क बटनमा क्लिक गरेर यो रिपो फोर्क गर्नुहोस। यसले तपाईंको GitHub खातामा यस रिपोको प्रतिलिपि सिर्जना गर्नेछ।
## रिपो क्लोन गर्नुहोस्
अब तपाइँको कम्प्यूटरमा फोर्क गरिएको रिपो क्लोन गर्नुहोस। तपाईंको GitHub खातामा जानुहोस्, फोर्क गरिएको रिपो खोल्नुहोस्, क्लोन बटनमा क्लिक गर्नुहोस् र त्यसपछि *copy to clipboard* आइकनमा क्लिक गर्नुहोस्।
टर्मिनल खोल्नुहोस् र निम्न Git कमाण्ड चलाउनुहोस्:
```
git clone "तपाईंले भर्खरै प्रतिलिपि गर्नुभएको URL"
```
जहाँ "तपाईंले भर्खरै प्रतिलिपि गर्नुभएको URL" (" चिन्हहरू बिना) छ, त्यो यस रिपोको url हो (यस प्रोजेक्टको लागी तपाईंको फोर्क)। Url प्राप्त गर्न अघिल्लो चरण हेर्नुहोस्।
उदाहरणका लागि:
```
git clone https://github.com/this-is-you/first-contributions.git
```
जहाँ `this-is-you` छ, त्यहाँ तपाईंको GitHub प्रयोगकर्ता नाम (GitHub username) लेख्नुहोस् । यहाँ तपाइँले GitHub बाट तपाईंको कम्प्युटरमा first-contributions रिपोको सामग्री प्रतिलिपि गर्दै हुनुहुन्छ।
## एउटा ब्रांच बनाउनुहोस्
तपाईंको कम्प्यूटरमा रिपोको डाइरेक्टरी खोल्नुहोस् (यदि तपाईं पहिले नै हुनुहुन्न भने):
```
cd first-contributions
```
अब `git checkout` कमाण्ड प्रयोग गरेर एउटा ब्रन्च सिर्जना गर्नुहोस्:
```
git checkout -b <ब्रन्चको-नाम>
```
उदाहरणको लागि:
```
git checkout -b add-alonzo-church
```
(ब्रन्च को नाममा *add* शब्द को आवश्यकता छैन, तर यसमा add समावेश गर्न उचित छ किनभने यस ब्रन्चको उद्देश्य तपाईंको नामलाई सूचीमा थप्ने हो।)
## आवश्यक परिवर्तनहरू गर्नुहोस् र ती परिवर्तनहरू कोम्मित गर्नुहोस्
अब टेक्स्ट एडिटओरमा (text editor) `Contributors.md` फाइल खोल्नुहोस्, यसमा तपाईंको नाम थप्नुहोस्। फाइलको सुरुवात वा अन्त्यमा तपाईंको नाम नथप्नुहोस्। तपाईंको नामलाई बीचमा राख्नुहोस्। अब फाईल save गर्नुहोस्।
यदि तपाईं प्रोजेक्ट डाइरेक्टरीमा जानुभयो र `git status` कमाण्डलाई रन (run) गर्नुभयो भने,तपाइँले त्यहाँ परिवर्तन भएका फाइलहरुको सुची देख्नुहुनेछ।
तपाईँले भर्खरै बनाउनु भएको ब्रन्चमा `git add` कमाण्ड प्रयोग गरी ती परिवर्तनहरू थप्नुहोस्:
```
git add Contributors.md
```
अब `git commit` कमाण्ड प्रयोग गरेर ती परिवर्तनहरू कोम्मित (commit) गर्नुहोस्:
```
git commit -m "योगदान सूचीमा <तपाइको-नाम> थप गर्नुहोस्"
```
`<तपाईंको-नाम>` को साटोमा तपाईंको आफ्नो नाम लेख्नुहोस्।
## GitHub मा परिवर्तन पुश गर्नुहोस
`git push` कमाण्डको प्रयोग गरेर आफ्नो परिवर्तन पुश (push) गर्नुहोस्:
```
git push origin <ब्रांचको-नाम>
```
`<ब्रांचको-नाम>` को साटोमा तपाईले पहिले सिर्जना गर्नुभएको ब्रांचको नामको लेख्नुहोस्।
## रिभ्युको लागि तपाईंको परिवर्तनहरू पेश गर्नुहोस्
यदि तपाईं GitHub मा तपाईंको रेपोसितोरीमा (repository) जानुहुन्छ भने, तपाइँले `compare & pull request` बटन देख्नुहुनेछ। त्यस बटनमा क्लिक गर्नुहोस्।
अब pull request सब्मित गर्नुहोस्।
चाँडै म यस प्रोजेक्टको मास्टर ब्रन्चमा तपाईका सबै परिवर्तनहरू मर्ज गर्नेछु। परिवर्तनहरू मर्ज भएपछि एक अधिसूचना (notification) इमेल प्राप्त गर्नुहुनेछ।
## यहाँबाट कहाँ जाने?
बधाई छ! तपाईले फोर्क -> क्लोन -> एडिट -> पुल्ल रिक्वेस्ट कार्यनोयन पूरा गर्नुभयो, जुन तपाई प्राय: एक योगदानकर्ताको रूपमा गर्नुहुनेछ!
तपाईंले योगदान दिनु भएकोमा खुशी मनाउनुहोस् र आफ्नो साथी र फोल्लोवेरहरू माझ शेयर गर्नुहोस्। [वेब अनुप्रयोग](https://roshanjossey.github.io/first-contributions/#social-share)
तपाइँलाई कुनै पनि मद्दत चाहिन्छ वा कुनै प्रश्न छ भने तपाइँ हाम्रो स्लाक टीममा (slack team) सामेल हुन सक्नुहुनेछ। [स्लाक टोलीमा सामेल हुनुहोस्](https://join.slack.com/t/firstcontributors/shared_invite/zt-1hg51qkgm-Xc7HxhsiPYNN3ofX2_I8FA).
अब तपाईले अन्य प्रोजेक्टहरूमा योगदान दिन सुरु गर्नुहोस्। हामीले तपाईंले गर्न सक्नुहुने सजिलो समस्याहरूको साथमा प्रोजेक्टहरूको सूची संकलन गरेका छौ। हेर्नुहोस् [वेब अनुप्रयोगमा परियोजनाहरूको सूची](https://roshanjossey.github.io/first-contributions/#project-list)।
### [थप सामग्री](../additional-material/git_workflow_scenarios/additional-material.md)
## ट्यूटोरियलहरू अन्य उपकरणहरू प्रयोग गर्दै
|
|
|
|
|
|
|
| --- | --- | --- | --- | --- | --- |
| [GitHub Desktop](../gui-tool-tutorials/github-desktop-tutorial.md) | [Visual Studio 2017](../gui-tool-tutorials/github-windows-vs2017-tutorial.md) | [GitKraken](../gui-tool-tutorials/gitkraken-tutorial.md) | [Visual Studio Code](../gui-tool-tutorials/github-windows-vs-code-tutorial.md) | [Atlassian Sourcetree](../gui-tool-tutorials/sourcetree-macos-tutorial.md) | [IntelliJ IDEA](../gui-tool-tutorials/github-windows-intellij-tutorial.md) |