[![Open Source Love](https://badges.frapsoft.com/os/v1/open-source.svg?v=103)](https://github.com/ellerbrock/open-source-badges/) [](https://join.slack.com/t/firstcontributors/shared_invite/zt-1hg51qkgm-Xc7HxhsiPYNN3ofX2_I8FA) [![License: MIT](https://img.shields.io/badge/License-MIT-green.svg)](https://opensource.org/licenses/MIT) [![Open Source Helpers](https://www.codetriage.com/roshanjossey/first-contributions/badges/users.svg)](https://www.codetriage.com/roshanjossey/first-contributions) # पहिलो योगदान यस प्रोजेक्टले शुरुवातकर्ताहरूले आफ्नो पहिलो योगदान गर्ने तरिकालाई सरल बनाउने र मार्गदर्शन गर्ने लक्ष्य राखेको छ। यदि तपाईं आफ्नो पहिलो योगदान गर्न खोज्दै हुनुहुन्छ भने, तलका चरणहरू पालना गर्नुहोस्। यदि तपाईं कमाण्ड कमांड लाइन (command line) सँग सहज हुनुहुन्न भने, [यहाँ GUI तूल्सहरू प्रयोग गरेर सेकैएको ट्यूटोरियलहरू छन्।](#ट्यूटोरियलहरू-अन्य-उपकरणहरू-प्रयोग-गर्दै) यो अन्य [भाषाहरूमा](Translations.md) पढ्नुहोस्। यो भण्डार फोर्क गर्नुहोस। यदि तपाईंसँग तपाइँको कम्प्यूटरमा Git छैन, [यसलाई इन्स्टल गर्नुहोस्।]( https://help.github.com/articles/set-up-git/) ## यो रिपो फोर्क गर्नुहोस यस पृष्ठको शीर्षमा फोर्क बटनमा क्लिक गरेर यो रिपो फोर्क गर्नुहोस। यसले तपाईंको GitHub खातामा यस रिपोको प्रतिलिपि सिर्जना गर्नेछ। ## रिपो क्लोन गर्नुहोस् यो भण्डारलाई क्लोन गर्नुहोस् अब तपाइँको कम्प्यूटरमा फोर्क गरिएको रिपो क्लोन गर्नुहोस। तपाईंको GitHub खातामा जानुहोस्, फोर्क गरिएको रिपो खोल्नुहोस्, क्लोन बटनमा क्लिक गर्नुहोस् र त्यसपछि *copy to clipboard* आइकनमा क्लिक गर्नुहोस्। टर्मिनल खोल्नुहोस् र निम्न Git कमाण्ड चलाउनुहोस्: ``` git clone "तपाईंले भर्खरै प्रतिलिपि गर्नुभएको URL" ``` जहाँ "तपाईंले भर्खरै प्रतिलिपि गर्नुभएको URL" (" चिन्हहरू बिना) छ, त्यो यस रिपोको url हो (यस प्रोजेक्टको लागी तपाईंको फोर्क)। Url प्राप्त गर्न अघिल्लो चरण हेर्नुहोस्। URL लाई क्लिपबोर्डमा प्रतिलिपि बनाउनुहोस् उदाहरणका लागि: ``` git clone https://github.com/this-is-you/first-contributions.git ``` जहाँ `this-is-you` छ, त्यहाँ तपाईंको GitHub प्रयोगकर्ता नाम (GitHub username) लेख्नुहोस् । यहाँ तपाइँले GitHub बाट तपाईंको कम्प्युटरमा first-contributions रिपोको सामग्री प्रतिलिपि गर्दै हुनुहुन्छ। ## एउटा ब्रांच बनाउनुहोस् तपाईंको कम्प्यूटरमा रिपोको डाइरेक्टरी खोल्नुहोस् (यदि तपाईं पहिले नै हुनुहुन्न भने): ``` cd first-contributions ``` अब `git checkout` कमाण्ड प्रयोग गरेर एउटा ब्रन्च सिर्जना गर्नुहोस्: ``` git checkout -b <ब्रन्चको-नाम> ``` उदाहरणको लागि: ``` git checkout -b add-alonzo-church ``` (ब्रन्च को नाममा *add* शब्द को आवश्यकता छैन, तर यसमा add समावेश गर्न उचित छ किनभने यस ब्रन्चको उद्देश्य तपाईंको नामलाई सूचीमा थप्ने हो।) ## आवश्यक परिवर्तनहरू गर्नुहोस् र ती परिवर्तनहरू कोम्मित गर्नुहोस् अब टेक्स्ट एडिटओरमा (text editor) `Contributors.md` फाइल खोल्नुहोस्, यसमा तपाईंको नाम थप्नुहोस्। फाइलको सुरुवात वा अन्त्यमा तपाईंको नाम नथप्नुहोस्। तपाईंको नामलाई बीचमा राख्नुहोस्। अब फाईल save गर्नुहोस्। git status यदि तपाईं प्रोजेक्ट डाइरेक्टरीमा जानुभयो र `git status` कमाण्डलाई रन (run) गर्नुभयो भने,तपाइँले त्यहाँ परिवर्तन भएका फाइलहरुको सुची देख्नुहुनेछ। तपाईँले भर्खरै बनाउनु भएको ब्रन्चमा `git add` कमाण्ड प्रयोग गरी ती परिवर्तनहरू थप्नुहोस्: ``` git add Contributors.md ``` अब `git commit` कमाण्ड प्रयोग गरेर ती परिवर्तनहरू कोम्मित (commit) गर्नुहोस्: ``` git commit -m "योगदान सूचीमा <तपाइको-नाम> थप गर्नुहोस्" ``` `<तपाईंको-नाम>` को साटोमा तपाईंको आफ्नो नाम लेख्नुहोस्। ## GitHub मा परिवर्तन पुश गर्नुहोस `git push` कमाण्डको प्रयोग गरेर आफ्नो परिवर्तन पुश (push) गर्नुहोस्: ``` git push origin <ब्रांचको-नाम> ``` `<ब्रांचको-नाम>` को साटोमा तपाईले पहिले सिर्जना गर्नुभएको ब्रांचको नामको लेख्नुहोस्। ## रिभ्युको लागि तपाईंको परिवर्तनहरू पेश गर्नुहोस् यदि तपाईं GitHub मा तपाईंको रेपोसितोरीमा (repository) जानुहुन्छ भने, तपाइँले `compare & pull request` बटन देख्नुहुनेछ। त्यस बटनमा क्लिक गर्नुहोस्। एउटा पुल अनुरोध सिर्जना गर्नुहोस् अब pull request सब्मित गर्नुहोस्। submit pull request चाँडै म यस प्रोजेक्टको मास्टर ब्रन्चमा तपाईका सबै परिवर्तनहरू मर्ज गर्नेछु। परिवर्तनहरू मर्ज भएपछि एक अधिसूचना (notification) इमेल प्राप्त गर्नुहुनेछ। ## यहाँबाट कहाँ जाने? बधाई छ! तपाईले फोर्क -> क्लोन -> एडिट -> पुल्ल रिक्वेस्ट कार्यनोयन पूरा गर्नुभयो, जुन तपाई प्राय: एक योगदानकर्ताको रूपमा गर्नुहुनेछ! तपाईंले योगदान दिनु भएकोमा खुशी मनाउनुहोस् र आफ्नो साथी र फोल्लोवेरहरू माझ शेयर गर्नुहोस्। [वेब अनुप्रयोग](https://firstcontributions.github.io/#social-share) तपाइँलाई कुनै पनि मद्दत चाहिन्छ वा कुनै प्रश्न छ भने तपाइँ हाम्रो स्लाक टीममा (slack team) सामेल हुन सक्नुहुनेछ। [स्लाक टोलीमा सामेल हुनुहोस्](https://join.slack.com/t/firstcontributors/shared_invite/zt-1hg51qkgm-Xc7HxhsiPYNN3ofX2_I8FA). अब तपाईले अन्य प्रोजेक्टहरूमा योगदान दिन सुरु गर्नुहोस्। हामीले तपाईंले गर्न सक्नुहुने सजिलो समस्याहरूको साथमा प्रोजेक्टहरूको सूची संकलन गरेका छौ। हेर्नुहोस् [वेब अनुप्रयोगमा परियोजनाहरूको सूची](https://firstcontributions.github.io/#project-list)। ### [थप सामग्री](../additional-material/git_workflow_scenarios/additional-material.md) ## ट्यूटोरियलहरू अन्य उपकरणहरू प्रयोग गर्दै | GitHub Desktop | Visual Studio 2017 | GitKraken | VS Code | Sourcetree App | IntelliJ IDEA | | --- | --- | --- | --- | --- | --- | | [GitHub Desktop](../gui-tool-tutorials/github-desktop-tutorial.md) | [Visual Studio 2017](../gui-tool-tutorials/github-windows-vs2017-tutorial.md) | [GitKraken](../gui-tool-tutorials/gitkraken-tutorial.md) | [Visual Studio Code](../gui-tool-tutorials/github-windows-vs-code-tutorial.md) | [Atlassian Sourcetree](../gui-tool-tutorials/sourcetree-macos-tutorial.md) | [IntelliJ IDEA](../gui-tool-tutorials/github-windows-intellij-tutorial.md) |